जेठ ०५, २०८१, शनिबार
               

मन्दिरमा महिलालाई बलात्कारपछि हत्या गर्ने मुख्य आरोपी पुजारी पक्राउ

नेपाल फ्ल्यास
पुस २४, २०७७

ADVERTISEMENT

एजेन्सी । भारतीय प्रहरीले मन्दिरमा महिलालाई सामूहिक बलात्कारपछि हत्या गर्ने मुख्य आरोपी पुजारीलाई पक्राउ गरेको छ । उत्तर प्रदेशस्थित बदायुन जिल्लाकाे मन्दिरमा एक महिलालाई सामूहिक बलात्कार गरेपछि हत्याका मुख्य अभियुक्त पुजारी सत्य नारायणलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले यसभन्दा अगाडि नै ती पुजारीका २ साथीलाई समातीसकेको छ ।

भारतीय प्रहरीले अभियुक्त पुजारीलाई मेवली गाउँस्थित एक भक्तजनको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको जनाएको छ । ती पुजारीबारे खबर गर्नेलाई ५० हजार भारतीय रुपैयाँ पुरस्कार दिने प्रहरीले घोषणा गरेको थियो । प्रहरीको सो घोषणा भएपछि  गाउँलेले पुजारीलाई समातेर प्रहरीलाई खबर गरेका थिए । 

बदायुन जिल्लाको उघैती क्षेत्रमा ५० वर्षीया महिलालाई सामूहिक बलात्कार गरेर पछि हत्या गरिएको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार ती महिला गत आइतबार साँझ मन्दिरमा पूजा गर्न गएकी थिइन् । सोही समयमा मौका छोपी घटना घटाइएको थियो । 

यो पनि