जेठ ०५, २०८१, शनिबार
               

ट्रम्पविरुद्ध बग्दाद अदालतले जारी गर्‍यो पक्राउ पुर्जी

एजेन्सी
पुस २३, २०७७

ADVERTISEMENT

बग्दाद अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । 

इराकी अर्धसैनिक कमाण्डर अबु महदी अल मुहान्दिसको हत्याबारे छानिविन गरिरहेको अदालतले ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गरेको उल्जजिराले उल्लेख गरेको छ । 

२०२० जनवरी ३ मा अमेरिकी ड्रोन हमलामा बग्दाद विमानस्थलबाहिर इरानी रिभोलुसनरी गार्ड कर्पस्अन्तर्गतको क्वाद सेनाका जर्नेल कासिम सुलेमानी र मुहान्दिस मारिएका थिए । 

मुहान्दिसबारे छानविन गरिरहेको बग्दाद अदालतका न्यायधिसले अमेरिकी सेनाका कमाण्डर ईन चिफसमेत रहेका ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गर्न आदेश दिएका हुन् । 

अल मुहान्दिस राज्यले प्रतिबन्धित गरेको पपुलर मोबिलाईजेसन फोर्सका सहायक नेता थिए, ईरान समर्थित समूह तथा ईराकका सैन्यधारीहरु सम्मिलित यो छाता संगठन आईएसविरुद्ध लड्नका लागि गठन भएको थियो । 

सजाय

ट्रम्पमाथि नियोजित हत्याको अभियोगमा पक्राउ पुर्जी जारी गरिएको हो किनकी उनले नै हत्याका लागि आदेश दिएका थिए । 

यस अभियोगअन्तर्गत मृत्युदण्डको सजाय छ । तर याे कार्यान्वयन हुने सम्भावना निकै कम छ । यद्यपी, ट्रम्पको बर्हिगमन हुँदै गर्दा यसले सांकेतिक रुपमा उनी निकै कमजोर भएको सन्देश दिन्छ । 

यसअघि इरानले गत जुनमै ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो, उसले इन्टरपोललाई पक्राउ पुर्जीबारे जानकारी गराउँदै विश्वका अन्य प्रहरीहरुलाई पनि यो नोटिस पठाइदिन आग्रह गरेको थियो । जुन कार्यान्वयनमा आएन । 

सुलेमानी हत्याकाण्डपछि इराक र अमेरिकाबीचको कुटनीतिक सम्बन्धमा ठूलो संकट निम्तिएको छ । 


कस्तो लाग्यो ?

यो पनि