जेठ ०५, २०८१, शनिबार
               

वासिङटनमा १५ दिनसम्म आपतकालीन अवस्थाको घोषणा

एजेन्सी
पुस २३, २०७७

ADVERTISEMENT

अमेरिकी संसदमा डोनाल्ड ट्रम्पका समर्थकले आक्रमण गरेपछि वासिङटन राज्यमा १५ दिनसम्म आपतकालीन अवस्थाको घोषणा गरिएको छ ।

वासिङटनका मेयर म्युरियल बाउसरले वासिङटनमा रातभर कर्फ्यू जारी गरिएको बताउँदै १५ दिनसम्म आपतकालनी अवस्थाको घोषणा गरिएको जानकारी दिइन् ।

हाल वासिङटनमा थप दंगाको खतरालाई मध्यनजर गर्दै सडकमा भारी मात्रामा सुरक्षाकर्मी तैनाथ गरिएको अमेरिकी संचारमाध्यमले जनाएका छन् ।

मेयर बाउसरले ट्रम्पका समर्थकले अमेरिकी संसदभित्र रसायनले आक्रमण गरेको साथै इटा, बोतल र बन्दुकसमेत प्रहार गरेको बताइन् ।

अमेरिकी संसदमा ट्रम्पका समर्थकले आक्रमण गरेपछि विश्वभरका नेताहरुले यस कार्य लोकतन्त्र विरोधी भएको बताइरहेका छन् ।

ट्रम्पले राष्ट्रपतिको निर्वाचन हारेपछि पनि चुनावमा धाँधली भएको दोहोर्याउँदै बताइरहेका छन् ।

यसबीचमा उनका प्रतिस्पर्धी जो बाइडेनको जित पुष्टि गर्न बुधबार सांसदबीच छलफल भइरहेका बेला ट्रम्पका समर्थकले संसद भवनभित्रै घुसेर हुलदंगा गरेका थिए ।

हालसम्म यस घटनामा चार जनाको मृत्यु भएको छ भने ५२ जनालाई पक्राउ गरिएको छ ।

यो पनि