जेठ ०५, २०८१, शनिबार
               

बर्डफ्लुको संक्रमण देखिएपछि भारतले हजारौँ पन्छी मार्न थाल्यो

नेपाल फ्ल्यास
पुस २३, २०७७

ADVERTISEMENT

काठमाडौं । भारतका विभिन्न राज्यमा हाँस र कागमा फ्लुको संक्रमण देखिएपछि हजारौं पन्छी मार्न थालिएको छ ।

विभिन्न राज्यमा ठूलो संख्यामा चराहरू मरेको देखेसँगै अधिकारीहरूले एक साताअघि फ्लु भएको थाहा पाएका थिए । भाइरसले अन्य प्रजातिका पन्छीमा समेत असर पारेको छ ।

भारतको केन्द्र सरकारले उच्च सतर्कता जारी गर्दै संक्रमण फैलन नदिन आपत्कालीन उपायहरू अपनाइएको जनाएको छ । मानिसलाई मरेका वा बिरामी देखिएका चराहरूको सम्पर्कमा नजान पनि आग्रह गरिएको छ ।

कोरोना भाइरस महामारीबाट जुध्नका लागि भारतले आगामी सातादेखि दशाैं लाख मानिसलाई खोप दिने अभियान थाल्न तयारी गरिरहेका बेला उक्त संकट देखापरेको हो । केही जिल्लाहरूमा पन्छी बिक्री गर्ने पसलहरूसमेत बन्द गरिएका छन् । त्यसका साथै, अण्डा बिक्रीको काममा समेत रोक लगाइएको छ ।

उत्तरी राज्य हिमाचल प्रदेशमा साइबेरिया र मंगोलियाबाट बसाइँसराइ गर्दै आएका झन्डै २ हजार ५ सय चरा, खोया हाँसहरू मरेका पाइएको बीबीसीले जनाएको छ । त्यस्तै, केरला राज्यमा १२ हजारभन्दा बढी हाँस मरेपछि राज्यको मापदण्डअनुसार विभिन्न ३६ हजार पन्छी मारिएका छन् ।

भारतले बर्डफ्लुका कारण सन् २००६ मा ठूलो क्षति व्यहोरेको थियो खुला सीमाका कारण भारतमा बर्डफ्लु पुष्टि हुनुलाई नेपालका लागि पनि जोखिमपूर्ण मानिन्छ ।


कस्तो लाग्यो ?

यो पनि