जेठ ०५, २०८१, शनिबार
               

अमेरिकी संसदमा भएको आक्रमणमा मृत्यु हुनेको संख्या चार पुग्यो

एजेन्सी
पुस २३, २०७७

ADVERTISEMENT

अमेरिकाको संसद् भवनमा भएको झडपमा मृत्यु हुनेको संख्या चार पुगेको छ ।

वासिङटन प्रहरीका अनुसार प्रहरीको गोली लागेर एक महिला र अन्य तीन जनाको ‘मेडिकल इमरजेन्सी’ का कारण मृत्यु भएको हो ।

मृत्यु हुने महिला सैन डिएगो निवासी एसली बाबिट हुन् । अन्य तीन जनाकाे परिचय खुलेकाे छैन ।

घटनामा संलग्न आरोपमा प्रहरीले अहिलेसम्म ५२ जनलाई पक्राउ गरेको छ ।

तीमध्ये ४७ जनालाई कर्फ्यु तोडेको आरोपमा पक्राउ गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । 

ट्रम्पका प्रतिस्पर्धी जो बाइडेनको चुनावी जित पुष्टि गर्न बुधबार सांसदबीच छलफल भइरहेका बेला एक्कासि ट्रम्पका समर्थकले संसद भवनभित्रै छिरेर आक्रमण गरेका हुन् ।


कस्तो लाग्यो ?

यो पनि