जेठ ०६, २०८१, आइतबार
               

ट्वीटरले डोनाल्ड ट्रम्पको एकाउन्ट लक गरिदियो

नेपाल फ्ल्यास
पुस २३, २०७७

ADVERTISEMENT

सामाजिक सञ्जाल ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एकाउन्ट ‘लक’ गरेको छ । कम्तिमा १२ घण्टाका लागि ट्रम्पको एकाउन्ट लक गरिएको ट्वीटरले जनाएको छ ।

चुनावबारे प्रमाण बिहीन दाबीसहितको ट्वीटका कारण उनको एकाउन्ट लक गरिएको ट्वीटरले जनाएको छ ।

ट्वीटरले भनेको छ, ‘अहिले भइरहेको असामान्यत गतिविधि र वासिङ्गटन डिसीमा जारी हिंसात्मक गतिविधिका कारण @realDonaldTrump ले आज पोस्ट गरेका तीन ट्वीट हटाउनु परेको छ, ती ट्वीटले हाम्रो नीति उल्लंघन गरेका छन् । ट्रम्पले तीन ट्वीट डिलिट नगरेमा उनको एकाउन्ट लक नै रहने छ ।

भविष्यमा यस्ता कुनै गतिविधि भएमा ट्वीटर ह्याण्डल @realDonaldTrump सदाका लागि हटाउन बाध्य हुने सामाजिक सञ्जालले बताएको छ ।

यसैबिच ट्रम्पले आफ्ना हतियारधारी प्रदर्शनकारीलाई उनीहरुले संसद भवनमा आक्रमण गरिरहेका बेला गरेको सम्बोधनको भिडियो फेसबुक, युट्युब र ट्वीटरले हटाएका छन् ।

सो भिडियोमा ट्रम्पले प्रमाण बिना धाँधली गरेर आफूबाट चुनावी नतिजा खोसिएको आरोप लगाएका थिए ।

 


कस्तो लाग्यो ?

यो पनि