जेठ ०५, २०८१, शनिबार
               

अमेरिकी संसदमा आक्रमण : एक महिलाको मृत्यु, ट्रम्पको फेसबुक अकाउन्ट बन्द

एजेन्सी
पुस २३, २०७७

ADVERTISEMENT

राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै सम्पन्न राष्ट्रपतीय निर्वाचनको नतिजा उल्टाउन गरेको प्रयासले अमेरिकामा हिंसा मच्चिएको छ ।

आफ्ना प्रतिस्पर्धी जो बाइडेनको जित पुष्टि गर्न बुधबार सांसदबीच छलफल भइरहेका बेला उनका समर्थकले संसद भवनभित्रै छिरेर आक्रमण गरेका हुन् ।

त्यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा गोली लागेर एक महिलाको मृत्यु भएको छ ।

प्रहरीले १३ जनालाई पक्राउ गरेको छ भने पाँच वटा बन्दुकसमेत बरामद गरेको बिबिसीले जनाएकाे छ । 

 वासिङटनस्थित क्यापिटल बिल्डिङ (संसद् भवन) भित्र अमेरिकी कांग्रेसमा इलेक्टोरल कलेज भाेटबारे बहस चलिरहेकै बेला अचानक ट्रम्पका समर्थक प्रवेश गरेर हुलदंगा गरेका हुन् । 

हतियारसहित छिरेका उनीहरुले निर्वाचनकाे मत परिणाम रद्द गर्न माग गर्दै झण्डै तीन घण्टा संसद् भवनमा तोडफोड गरेकाे अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

आक्रमणसम्मका हर्कत

ट्रम्पले चुनाव हारिसकेको भए पनि धाँधलीको आरोप लगाउँदै जो बाइडेनको जित अस्वीकार गरिरहेका छन् । नतिजा उल्टाउन उनले अदालतदेखि आक्रमणसम्मका हर्कत अपनाइरहेका हुन् ।

सन् १८१४ पछि संसद् भवनमा भएको यो अहिलेसम्मकै घातक आक्रमण रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । यसअघि बेलायती सैनिकले भवन जलाएका थिए ।  

फेसबुक अकाउन्ट बन्द

यसैबीच, फेसबुकले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक अकाउन्ट २४ घण्टाका लागि बन्द गरिदिएको छ ।

भ्वाइलेन्स नीति नाघेको भन्दै २४ घण्टाका लागि ट्रम्पको फेसबुक पेज लक गरिएको फेसबुकले जनाएको छ । यस अवधिमा उनले कुनै कुरा पोस्ट गर्न सक्दैनन् ।

अमेरिकी सदनको बैठक भइरहेका बेला ट्रम्पका समर्थकले हिंसात्मक प्रदर्शन गरेका थिए । सोही क्रममा ट्रम्पले प्रदर्शनकारीलाई सम्बोधन गरेको भिडियो फेसबुकले हटाउँदै अकाउन्ट लक गरिदिएकाे हाे । 

यो पनि