जेठ ०६, २०८१, आइतबार
               

अमेरिकी संसदभित्रै ट्रम्प समर्थकद्वारा आक्रमण, १३ जना प्रदर्शनकारी पक्राउ

नेपाल फ्ल्यास
पुस २३, २०७७

ADVERTISEMENT

वाशिङटन । अमेरिकी संसद भवनभित्रै राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले आक्रमण गरेका छन् । संसद भवनभित्रै आक्रमण गरेर हिंसा मच्याएपछि वाशिङटन डिसीमा कर्फ्यु लागू गरिएको विभिन्न समाचार माध्यमले जनाएको छ ।

स्थानीय समयअनुसार बुधबार साँझ ६ बजेदेखि बिहीबार बिहानसम्म कर्फ्यु लागाइएको हो । अमेरिकी प्रहरीले १३ जना प्रदर्शनकारीलाई पक्राउ गरेर ५ वटा बन्दुक बरामद गरेको छ । अधिकारीहरुले क्यापिटल बिल्डिङ सुरक्षित रहेको बताएका छन् । 

ट्रम्प समर्थकहरुले बुधबार क्यापिटल बिल्डिङमा छिरेर हिंसा मच्चाएका थिए । राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको विजयलाई औपचारिकता दिन लागिएका बेला यो हिंसा भएको बतायएको छ ।

संसदमा बहस चलिरहेको समयमा अचानक ट्रम्पसमर्थक भवनभित्र छिरेपछि बहस रोकिएको थियो । ट्रम्प समर्थकहरुले निर्वाचन रद्द गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेको समाचारमा जनाइएको छ । 
 

यो पनि