जेठ ०५, २०८१, शनिबार
               

भारतमा ‘बर्डफ्लु’को महामारी, ८५ हजार पंक्षीको मृत्यु

एजेन्सी
पुस २२, २०७७

ADVERTISEMENT

दिल्ली । कोरोना महामारीबीच भारतमा ‘बर्डफ्लु’ फैलिरहेको छ । अहिलेसम्म हरियाणा, हिमाञ्चल प्रदेश, मध्यप्रदेश, राजस्थान, गुजरात र केरलामा ८४ हजार ७ सय ७५ पंक्षीको मृत्यु भइसकेको छ । तीमध्ये हिमाञ्चल प्रदेश, मध्यप्रदेश, राजस्थान र केरलामा बर्डफ्लुको पुष्टि भइसकेको छ । हरियाणा र गुजरातको नमुनाको रिपोर्ट आउन बाँकि छ ।

मध्यप्रदेशमा अहिलेसम्म २ सयभन्दा पंक्षीको मृत्यु भइसकेको छ । उक्त राज्यका सबै जिल्लालाई अलर्ट गराइसकेको छ । त्यसैगरी, हिमाञ्चल प्रदेशको पौंग डेम वेटल्यान्डमा मृतक पंक्षीको आँकडा २ हजार नाघिसकेको छ । यहाँ पहिलो मामिला सन् २०२० डिसेम्बर २८ मा आएको थियो । बर्डफ्लुको पुष्टि भएपछि यहा“को पौंग ड्यामको वरपर एक किलोमिटरको क्षेत्र रेडजोन तथा नौ किलोमिटरको क्षेत्र निगरानी क्षेत्र बनाइएको छ । 
राजस्थानमा अहिलेसम्म ४ सय ७१ कागसहित ५ सय २२ पंक्षीको मृत्यु भइसकेको छ । सोमबारसम्ममा ६ जिल्लामा १ सय ४० कागको मृत्यु भएको थियो । पशुपालन विभागका अधिकारीहरूका अनुसार राजस्थानमा बर्डप्mलुबाट भएको मृत्युमा कम घातक स्ट्रेन देखिएको छ ।

केरलाको अलप्पुझा र कोट्टायम जिल्लामा बर्डफ्लुको मामिला पुष्टि भएको छ । त्यहाँ ५० हजार हाँस मार्न आदेश दिइएको छ । राज्यका पशुपालनमन्त्री के राजुले भने– ‘जहाँ संक्रमण भेटिन्छ त्यहाँ करिब १ किलोमिटरको दायरामा सबै पंक्षी मारिनेछ । राज्यमा बर्डफ्लुबाट करिब १२ हजार हाँसको मृत्यु पहिले नै भइसकेको छ ।

हरियाणाको बरवालाको रायपुररानी क्षेत्रमा विगत दुई दिनमा दुई फार्ममा ७० हजारभन्दा धेरै कुखुराको मृत्यु भइसकेको छ । फार्मबाट लिइएका मृत कुखुराको नमुना जाँच रिपोट अहिलेसम्म आएको छैन । महिनाअघि नै केही पोल्ट्री फार्ममँ रोग देखिएको थियो । त्यतिबेला यहाँका कुखुरा अन्य स्थानमा बेचिएको थियो । प्रशासनको मिलिभगतमा उक्त मामिला दबाइएको थियो । त्यसैगरी, गुजरातको जुनागढमा पनि ५३ पंक्षी मृत भेटिएको थियो । 

मृत पंक्षीको जाँच भोपालको आनन्दनगरस्थित उच्च सुरक्षाको एनिमल डिजिज ल्याबोरोटरमा पाँच वैज्ञानिकहरूले गरिरहेका छन् । यहाँ कोरोनाको सेम्पल पनि जाँच भइरहेको छ । 

‘एभियन इन्फ्लुएन्जा’ वा ‘एभियन फ्लु’लाई नै बर्डफ्लु भनिन्छ । यो मृत वा जीवित पंक्षीबाट मानवमा फैलिन सक्छ । संक्रमित पंक्षी खा“दा वा संक्रमित पानी पिउनले यो रोग फैलिन्छ । काग सबैतिर सहजै पुग्ने भएकोले यो सबैभन्दा खतरा हो । यसबाट बच्न संक्रमित पंक्षीबाट टाढा रहनु नै हो । मृतपंक्षीको नजिकै जानु हुँदैन । मासु खानु परेमा सरसफाइलाई ध्यान दिनुपर्छ । संक्रमित इलाकामा विशेष सुरक्षामा बाहेक जानु हुँदैन ।
जापान, भियतनामलगायत एसियाका केही मुलुकमा बर्डफ्लु फैलिरहेको छ । 


कस्तो लाग्यो ?

यो पनि