जेठ ०६, २०८१, आइतबार
               

चिनियाँ राष्ट्रिय सुरक्षा कानून संशोधनसँगै स्टेट काउन्सिलको भूमिका कमजोर

नेपाल फ्ल्यास
पुस २१, २०७७

ADVERTISEMENT

काठमाडौं । चिनियाँ राष्ट्रिय सुरक्षा कानून संशोधन गरिएको छ ।  केन्द्रीय सैन्य आयोग (सिएमसी) को शक्ति विस्तारका लागि सो कानून संशोधन गरिएको हो । २६ डिसेम्बरमा संशोधन गरिएको सो कानुन १ जनवरीबाट लागू हुनेछ । सो कानुन कर्यान्वयनपश्चात् सिएमसीको भूमिका बढेको छ भने स्टेट काउन्सिलको भूमिका कमजोर भएको छ ।कानुन बन्नुभन्दा अघि स्टेट काउन्सिलले सैन्य नीति बनाउँदै आएको थियो । 

देश र विदेशमा राष्ट्रिय हितको रक्षामा कानूनको प्रयोग हुनेछ । यस संशोधनसँगै अब सिएमसीले सेना सम्बन्धी निर्णय लिने सम्पूर्ण शक्ति प्राप्त गरेको छ । साउथ चाइना मर्निङ पोस्टकाअनुसार सशस्त्र बललाई समेत  तैनाथ गर्ने आधार तय गर्नका लागि पहिलोपटक ‘विकास हित’ र ‘विकास हितसहितको सुरक्षा’ जस्ता शब्दावली थपिएको छ ।

दुई वर्षको विचार–विमर्शपछि नेशनल पिपुुल्स काँग्रेसले २६ डिसेम्बरमा कानून संशोधन गरेको हो, जसअन्तर्गत तीनवटा पुराना धारा हटाइएको छ । ६ वटा नयाँ धारा थप गरिएको छ । चिनियाँ सेना विश्वका शक्तिशाली सेनाहरुमध्ये एक मानिन्छ । चीनले पछिल्ला वर्षहरुमा आफ्नो सैनिक खर्च पनि बढाउँदै लगेको छ । चीन विश्वकै सबैभन्दा बढी सैनिक भएको देश हो ।

यो पनि