बैशाख २४, २०८१, सोमबार
               

किसानसँगको आठौँ वार्ता पनि निस्कर्षविहीन

एजेन्सी
पुस २१, २०७७

ADVERTISEMENT

भारतमा केन्द्रीय सरकारका प्रतिनिधि र आन्दोलनरत किसानका प्रतिनिधि बीच सोमबार आठौँ चरणको वार्ता भएको छ । आठौँ चरणसम्म पनि वार्ता निश्कर्षमा नपुगेकाले नवौँ चरणको वार्ता जनवरी ८ को दिउसो २ बजे गर्ने सहमति भएको छ ।

सोमबार विहान सुरु भएको वार्तामा दुवै पक्षले आ-आफ्नो अडान नत्यागेकोले सहमति हुन नसकेको अधिकारीहरुले जनाएका छन् ।

वार्ताका क्रममा किसानका प्रतिनिधिहरुले कृषि सम्वन्धी तीन ओटै कानुन तत्काल फिर्ता लिनु पर्ने माग राखेका थिए ।

वार्तामा सरकारको तर्फबाट मन्त्रीहरु नरेन्द्र सिंह टोमर, पियुष गोयल र सोम प्रकाशसहित सरकारी उच्च अधिकारीहरू सहभागी भएका थिए ।  

वार्तामा बसेका किसानका प्रतिनिधिहरुले प्रदर्शनका क्रममा निधन भएका किसानको स्मृतिमा दुई मिनेट मौन धारण गरेका थिए ।

वार्तापछि भारतीय किसान युनियनका प्रवक्ता राकेश टिकैटले आफ्ना मागहरु पुरा नहुँदासम्म सहमत हुन नसकिने भएकाले वार्ता टुंगोमा नपुगेको जानकारी दिए ।

भारतमा कृषिसम्वन्धी तीन ओटा कानून तत्काल फिर्ता हुनु पर्ने माग गर्दै किसानहरुले एक महिनाभन्दा बढी समयदेखि आन्दोलन गरिरहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि