बैशाख २५, २०८१, मंगलबार
               

ट्रम्पले आफ्नो भोट बढाउन निर्वाचन अधिकारीलाई दबाब दिएको अडियो बाहिरियो

नेपाल फ्ल्यास
पुस २०, २०७७

ADVERTISEMENT

अमेरिकी राष्ट्रपति डोनाल्ड सत्ताबाट बाहिरिन अब केही दिन मात्रै बाँकी हुँदा ट्रम्पले ती निर्वाचन अधिकारीसँग गरेको टेलिफोन कुराकानीको अडियो दी वासिङटन पोस्टले सार्वजनिक गरेको छ ।

वासिङटन पोस्टका अनुसार ट्रम्पले रिपब्लिकन पार्टीका राज्य सेक्रेटरी ब्राड रेफेन्स्परजरसँग आफ्नो मत बढाउने उपायबारे कुराकानी गरेका थिए । 

ट्रम्पले रेफेन्स्परजरलाई जर्जियामा जसरी पनि आफ्ना ११, ७८० भोट खोज्न आग्रह गरेका थिए । जर्जियामा बाइडेनले ट्रम्पलाई ११, ७७९ भोटले पछि पारी नतिजा आफ्नो पक्षमा पारेका छन् । 

सार्वजनिक भएको अडियोमा ​ट्रम्पले  रेफेन्स्परजरलाई रिपब्लिकन नै भएकाले त्यो काम जसरी पनि गर्न दवाव दिएका छन् । रेफेन्स्परजरले यो नै नतिजा सही भएकाले आफूले केही गर्न नसक्ने भनेका छन् । 

बासिङटन पोस्टका अनुसार ट्रम्प र रेफेन्स्परजरबीच यस विषयमा करिब १ घण्टा भएको कुराकानीको अडियो बाहिरिएको हो । 

निर्वाचनमा डेमोक्राटिक पार्टीका उम्मेदवार जो बाइडेन विजयीस‌ंग पराजयपछि हार स्वीकार गर्न नमानी रहेका ट्रम्पले निर्वाचनमा धाँधली गरेर आफूहरलाई हराइएको आरोप लगाउँदै आएका छन् । 


कस्तो लाग्यो ?

यो पनि