जेठ ०५, २०८१, शनिबार
               

बन्दुकधारीद्वारा पाकिस्तानमा ११ जना मजदुरको हत्या

नेपाल फ्ल्यास
पुस २०, २०७७

ADVERTISEMENT

इस्लामावाद । पाकिस्तानको बलुचिस्तान प्रान्तमा भएको घटनामा परी कम्तीमा ११ मजदुरहरुको हत्या भएको छ । कोइलाखानीमा भएको घटनामा त्यहीँ कार्यरत मजदुरहरुको मृत्यु भएको हो भने अरु तीन जना घाइते भएका छन् ।

बोलान जिल्लामा शनिबार गोलीकाण्ड भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । मजदुरहरुलाई अपरिचित लडाकूहरुले गोली प्रहार गरेको बोलानका उप–आयुक्त मुराद कासीले बताए ।

घटनामा परी घाइते भएका मजदुरहरुलाई स्थानीय अस्पतालमा उपचार गराइएको छ । उनीहरुको अवस्थाका बारेमा जानकारी गराइएको छैन ।घटनाका बारेमा अनुसन्धान भइरहेको र अहिलेसम्म कसैले आफ्नो संलग्नताको जिम्मेबारी पनि नलिएको अधिकारहिरुले जनाएका छन् ।

यो पनि