जेठ ०५, २०८१, शनिबार
               

प्यालेष्टिनी राष्ट्रपति अब्बासद्वारा हमासका पत्रको स्वागत

नेपाल फ्ल्यास
पुस १९, २०७७

ADVERTISEMENT

रमल्ला । प्यालेष्टिनी राष्ट्रपति मोहमद अब्बासले प्यालेष्टिनीहरूको आन्तरिक विभाजनलाई अन्त्य गर्दै प्यालेटिनी भू–भागमा निर्वाचन गर्ने इस्लामिक हमास मुभमेन्टको पत्रको स्वागत गर्नुभएको प्यालेष्टिइनको राज्य सञ्चालित समाचार एजेन्सी वाफाले जनाएको छ ।

राष्ट्रपतिको कार्यालयले जारी गरेको एक विज्ञप्तिमा हमासको विवाद अन्त्य, साझेदारी निर्माण, र राष्ट्रिय एकता हासिल गर्ने पत्रमा आएको कुरालाई राष्ट्रपतिले स्वागत गरेको उल्लेख गरिएको छ । 

अब्बासले प्यालेष्टिनीको केन्द्रीय चुनाव आयोगका अध्यक्ष हाना नासेरलाई निर्वाचन सम्पन्न गर्न सम्बन्धित आदेश जारी गर्ने प्रक्रियामा छलफल गर्नसमेत आमन्त्रित गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

हमासका पोलिटब्युरो प्रमुख इस्माईल हनिएले अब्बासलाई फताह आन्दोलनका केन्द्रीय कमिटी सदस्य जिब्रिल राजौबमार्फत एक आधिकारिक पत्र पठाएका बताइएको छ ।

 ‘पत्र पढेपछि राष्ट्रपति अब्बासले राजूबलाई विभाजनको अन्त्य, साझेदारी र राष्ट्रिय एकता हासिल गर्ने सम्बन्धमा पत्रमा भनिएको कुराका लागि हमासलाई स्वागत गरेको कुरा बताउन निर्देशन दिनुभएको छ, वाफाले प्रमुख स्थान दिएर सम्प्रेषण गरेको समाचारमा उल्लेख छ । वाफाको रिपोर्ट अनुसार हमासको पत्र मिश्र, जोर्डन, कतार, टर्की र रुसको दृष्टिकोणलाई सम्झौताको नजिक ल्याउने प्रयासको नतिजा हो ।

यो पनि