बैशाख २५, २०८१, मंगलबार
               

बाइडेनको जितलाई चुनौति दिने अन्तिम प्रयासमा ट्रम्प समर्थकहरु

नेपाल फ्ल्यास
पुस १९, २०७७

ADVERTISEMENT

राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको जितलाई रिपब्लिकन सिनेटरहरु आधिकारिकता प्रदान गर्नबाट अन्तिम प्रयासमा लागेका छन् । नोभेम्बर ३ मा भएको चुनावमा धाँधली भएको र आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै आएका राष्ट्रपति डोनाल्ड ट्रम्पले अझै हार अस्वीकार गरिरहेका छन् ।

उनकै प्रमाण बिहीन आरोपको पछि लागेर जिम्मेवारीमा रहेका तथा नवनिर्वाचित केही रिपब्लिकन सिनेटरहरुले इलेक्टोरल कलेज मत सदनबाट हुने प्रमाणिकरणमा नमान्ने बताएका हुन् ।

उनीहरुले सदनबाट हुने प्रमाणिकरणका लागि १० दिन ढिलाइ गरिनुपर्ने बताएका छन् । जनवरी ६ मा सदनले बाइडेनको जितलाई प्रमाणीकरण गर्ने तालिका छ ।

हार स्वीकार गर्न अस्वीकार गर्दै आएका राष्ट्रपति ट्रम्पको चुनावको नतिजा आफ्नो पक्षमा उल्ट्याउने कानूनी प्रयास प्रमाणको अभावमा अदालतहरुले खारेज गरेका छन् । त्यसपछि उनले इलेक्टोरल कलेज मतदातालाई प्रभावित गर्ने प्रयास गरे । त्यसमा पनि सफल नभएपछि नतिजा उल्ट्याउनका लागि सिनेटको अन्तिम विकल्प अपनाउने प्रयास गरेका हुन् ।

बाइडेनले गएको नोभेम्बर ३ मा भएको चुनावमा ३०६ इलेक्टोरल कलेज मत पाएर जित हासिल गरेका हुन् । ट्रम्पले मात्रै २३२ इलेक्टोरल कलेज मत पाए । इलेक्टोरल कलेज मतलाई जनवरी ६ मा सदनले प्रमाणिकरण गर्नु पर्छ ।

बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले जनवरी २० मा शपथ लिँदै छन् ।


कस्तो लाग्यो ?

यो पनि