जेठ ०५, २०८१, शनिबार
               

लकडाउनको विरोधमा रेलभित्र चुम्बन (भिडियो)

एजेन्सी
पुस १८, २०७७

ADVERTISEMENT

कोरोना महामारीका कारण विश्वका थुप्रै मुलुकमा विभिन्न खाले प्रतिबन्धहरु लगाइएका छन् । विभिन्न देशहरुमा सार्वजनिक स्थान, होटल, रेष्टुरेन्ट, नाइट क्लब, सिनेमाहललगायतका स्थानमा अहिले पनि प्रतिबन्ध जारी नै छ ।

कोरोना महामारीबाट जोगिन भन्दै राज्य स्तरबाट जारी गरिएका यस्ता प्रतिबन्धहरुविरुद्ध नागरिक तहबाट चर्को विरोध पनि भैरहेका छन् । लकडाउनविरुद्धका विरोधहरु विभिन्न मुलुकमा आ–आफ्नै शैलीमा प्रकट भएको देख्न सकिन्छ ।

त्यस्तै रुसमा पनि लकडाउनविरुद्ध अनौठो खालको विरोधको शैली देखियो । लकडाउनलगायतका विभिन्न प्रतिबन्धात्मक ब्यवस्थाहरुको विरुद्ध उभिएका युवा युवतीहरुले चुम्बनलाई विरोधको उपाय बनाएका छन् ।

उनीहरुले यात्रुहरुले खचाखच भरिएका मेट्रो रेल भित्र एक आपसमा चुम्बन गरी लकडाउनलगायतका विभिन्न प्रतिबन्धात्मक ब्यवस्थाहरुको विरोध गरेका हुन् । रुसको एकातेरिनवर्ग शहरका युवा युवतीहरुको जोडीहरुले यस्तो विरोधको शैली अपनाएका हुन् ।

उनीहरुले कसैको भावनामा ठेस पुर्याउने र सार्वजनिक सेवाहरुमा अवरोध खडा गर्ने आफुहरुको उद्देश्य नभएको बताएका छन् । कोरोनाको कारण देखाउँदै जारी गरिएको लडकाउनलगायतका विभिन्न प्रतिबन्धात्मक ब्यवस्थाको मात्रै विरोध गरेको उनीहरुको तर्क छ ।

सरकारी पाबन्दीहरुको विरोध गर्दै आएको चुम्बन समुहका सदस्यहरुले विभिन्न सांगीतिक कार्यक्रम, नाइट क्लब, रेष्टुरेन्ट, सन्ध्याकालिन फिल्म प्रदर्शनलगायतका क्षेत्रमा लगाइएको प्रतिबन्धको विरोध गरेका छन् ।

यात्रुहरुले खचाखच भरिएको मेट्रोमा प्रतिबन्ध नलाउने तर त्यो भन्दा सुरक्षित क्षेत्रहरुमा प्रतिबन्ध लगाइएको भन्दै युवा युवतीहरुको थुप्रै जोडीहरुले चुम्बनसहितको विरोध प्रकट गरेको टाइम्स नाओ न्युजले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि