जेठ ०६, २०८१, आइतबार
               

कङ्गोमा २५ नागरिकको हत्या

नेपाल फ्ल्यास
पुस १८, २०७७

ADVERTISEMENT

बेनी । लोकतान्त्रिक गणतन्त्र कङ्गोमा भएको एक घटनामा परी कम्तीमा २५ सर्वसाधारण मारिएका छन् । देशको पूर्वी क्षेत्रमा पर्ने तिङवेमा भएको घटनामा उनीहरुको मृत्यु भएको स्थानीय सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

आक्रमणको आरोप एडीएफ नामक लडाकूहरुको समूहलाई लगाइएको छ । तर, यसको औपचारिक जिम्मेवारी भने कसैले लिएको छैन ।  घटनास्थल इरिन्गेतीदेखि आठ किलोमिटर टाढा पर्दछ । स्थानीय नागरिक अगुवाहरुले भने घटनामा ३० जनाको मृत्यु भएको दावी गरेका छन् । 

‘सर्वसाधारण मानिसहरु नयाँ वर्ष मनाउन गएको ठाउँमा एडीएफ नामक लडाकू समूहले उनीहरुलाई एक एक गरेर हत्या गरेको हो,’ एक अधिकारकर्मीले भने । कंगोमा सन् १९९० को दशकदेखि युगाण्डा मुस्लीम विद्रोही समूहको रुपमा क्रियाशिल रहेको छ । यीनीहरुको विद्रोहका कारण सयौँको मृत्यु भएको छ ।


कस्तो लाग्यो ?

यो पनि