असोज ०६, २०८१, आइतबार
               

जापानमा सङ्कटकाल लगाउन सकिने सरकारको भनाइ

नेपाल फ्ल्यास
पुस १६, २०७७

ADVERTISEMENT

जापानको राजधानी टोकियोमा मात्रै कोरोनाभाइरसबाट बिहीबार एकैदिन थप १३ सय जना सङ्क्रमित भएका छन् । 

सङ्क्रमितको सङ्ख्या यसैगरी बृद्धि हुदै गएमा संकटकाल लगाउनुपर्ने अवस्था आउनसक्ने सरकारी अधिकारीहरूले चेतावनी दिएका छन् ।

प्रधानमन्त्री योशिहिडा सुगाले संकटकाल लगाउन आवश्यक छ की छैन भन्ने बारेमा सम्वन्धित मन्त्री र सरोकारवालाहरुसँग छलफल गरेका छन् । बिहीबार बेलुका भएको छलफलबाट तत्काल संकटकाल लगाउने निर्णय भने नभएको उनले बताए । तर संकटकाल लगाउनु पर्ने अवस्था आउन सक्ने बारेमा भने छलफलमा सहभागीहरूले बताएका थिए । 

बैठकपछि पत्रकारहरुसँग प्रधानमन्त्री सुगाले भने, “अहिलेसम्मको अवस्था हेर्दा सङ्क्रमणको दर बढ्दो छ, यो धेरै गम्भीर अवस्था हो ।” 

स्थानीय सरकारसँग मिलेर प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्न पनि उहाँले सरोकारवालाहरुलाई निर्देशन दिएको जनाइएको छ । 

जापानको राजधानी टोकियोमा मात्रै एकैदिनमा एक हजार ३३७ जना सङ्क्रमित थपिएको विवरण सार्वजनिक भए लगत्तै प्रधानमन्त्री सुगाले थप सक्रियता र चिन्ता देखाएका हुन् । 

जापानमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये अहिलेसम्म तीन हजार ५०० भन्दा बढीको मृत्यु भएको छ । 


कस्तो लाग्यो ?

यो पनि