मंसिर ०७, २०८१, शुक्रबार
               

पाकिस्तानमा हिन्दु सन्तको समाधीस्थल ध्वस्त

नेपाल फ्ल्यास
पुस १६, २०७७

ADVERTISEMENT

पाकिस्तानमा आक्रोसित भीडले एक हिन्दु सन्तको समाधीस्थलमा ध्वस्त पारेको छ । पाकिस्तानको खैबर पख्तुनख्खा प्रान्तको काराक जिल्लास्थित हिन्दु सन्त श्री परम हंसजी महाराजको ऐतिहासिक समाधिस्थल ध्वस्त पारिएको बीबीसीले जनाएकाे छ । 

एक हिन्दु नेताले समाधिस्थलसँगै जोडेर घर बनाउन लागेको विषयलाई लिएर स्थानीय भीड आक्रोसित बनेको थियो । यसअघि सन् १९९७ सालमा सोही समाधिस्थलको विषयलाई लिएर स्थानीयबासीले आक्रमण गरेका थिए । तर पछि प्रान्तीय सरकारले त्यसको पुनर्निर्माण गरेको थियो । सन् १९१९ मा सोही ठाउँमा ती सन्तको अन्त्येष्टि गरिएको थियो । उनका अनुयायीहरूले सयौं वर्षदेखि त्यहाँ पुजापाठ गर्दै आएका थिए ।

यसैबीच पाकिस्तानका मानवअधिकार मन्त्री डा. शिरीन मजारीले घटना नियोजित भएको भन्दै त्यसमाथि छानविन गरी दोषीलाई कारबाही गर्ने बताएका छन् । हरेक धर्म र संप्रदायका मानिसलाई उनीहरूको धर्मको रक्षा र पूजापाठ गर्ने अधिकार दिलाउन सरकार प्रतिबद्ध रहेको उनकाे भनाइ छ । 


कस्तो लाग्यो ?

यो पनि