जेठ ०४, २०८१, शुक्रबार
               

‘२०२१ को मन्त्र- दबाई पनि, कडाई पनि’ : नरेन्द्र मोदी

एजेन्सी
पुस १६, २०७७

ADVERTISEMENT

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले समयमै प्रभावकारी कदम उठाएका कारण आज भारत राम्रो स्थितिमा हुन सकेको बताएका छन् ।

उनले कोरोना भाइरसबाट पीडित मानिसहरुलाई बचाउने भारतको रेकर्ड संसारको सबैभन्दा उत्कृष्ट भएको बताए । साथै संक्रमणको मामिलामा पनि भारत अब लगातार ओरालो लागिरहेको मोदीको भनाइ छ ।

मोदीले गुजरातको राजकोटमा एम्सको शिलान्यासको क्रममा यस्तो  बताएका हुन् । मोदीले भिडियो कन्फरेन्समार्फत् शिलान्यास गरेका हुन् ।

उनले भने, ‘वर्षको यो अन्तिम दिन भारतका लाखौं चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाईकर्मी र अन्य फ्रन्ट लाइन कोरोना वारियर्सलाई सम्झदैछु । उनीहरुले मानवताको रक्षाका लागि लगातार आफ्नो जीवन दाउमा लगाइरहेका छन् ।’

प्रधानमन्त्री मोदीले नयाँ वर्ष र कोरोनाको प्रशंगमा भने, ‘मैले अहिलेसम्म भन्दै आएको थिएँ कि जबसम्म दबाई छैन तबसम्म ढिलाई छैन । अब फेरि भनिरहेको छु कि दबाई पनि कडाई पनि ।’


कस्तो लाग्यो ?

यो पनि