जेठ ०५, २०८१, शनिबार
               

क्रोएसियामा ६.४ रेक्टरको भूकम्प

नेपाल फ्ल्यास
पुस १६, २०७७

ADVERTISEMENT

मध्य क्रोएसियामा ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण सात जनाको मृत्यु हुनुका साथै कैयौँ घाइते भएका छन् । पेट्रेनियामा १२ वर्षकी एक बालिकाको मृत्यु भएको उक्त क्षेत्रको भ्रमणपछि प्रधानमन्त्रीले बताएका छन् ।

नजिकैको सहर ग्लीनामा पाँच जनाको  मृत्यु भएको छ । मृत्यु भएका सातौँ व्यक्ति जाजीनास्थित एउटा गिर्जाघरको भग्नावशेषमा फेला परेको सरकारी सञ्चारमाध्यमले जनाएको छ । पेट्रेनियाका मेयरका अनुसार सहरको करिब आधा भाग ध्वस्त भएको छ र मानिसहरूलाई भग्नावशेषबाट निकालिएको छ ।

भूकम्पको प्रभाव क्रोएसियाको राजधानी जाग्रेब, छिमेकी बोस्निया र सर्वियाका साथै इटालीसम्म महसुस गरिएको थियो । सरकारी सञ्चारमाध्यमका अनुसार एकजना महिलालाई भग्नावशेषबाट जीवितै उद्धार गरिएको छ ।

जर्मन रिसर्च सेन्टर फर जिओसाइन्सेसका अनुसार स्थानीय समय अनुसार ११ बजेर १९ मिनेट जाँदा भूकम्प आएको हो ।
 


कस्तो लाग्यो ?

यो पनि