जेठ ०६, २०८१, आइतबार
               

भारतमा चालकरहित मेट्रो सेवा सुरु

नेपाल फ्ल्यास
पुस १५, २०७७

ADVERTISEMENT

काठमाडौं । भारतमा चालकरहित मेट्रो रेल सेवा सुरू भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले चालकरहित मेट्रो रेल सेवा सुरू गरेका हुन् । मोदीले सोमबार भारतको पहिलो चालकरहित मेट्रोलाई हरियो झण्डा देखाउँदै उद्घाटन गरेका हुन् ।

पहिलो चरणमा मेट्रो रेल ३८ किलोमिटर चल्नेछ । ३ सय ९० किलोमिटरमा फैलिएको दिल्लीको मेट्रो सेवाले आसपासका फरीदाबाद, गाजियाबाद, नोएडा, गुरूग्राम जस्ता शहरहरूलाई जोड्छ ।

दिल्लीको मेट्रो भारतकै सबैभन्दा ठूलो मेट्रो सेवा हो । सन् २००२ बाट सुरू भएको मेट्रो सेवालाई पछिल्लोपटक चालकरहित बनाउन कानुनसमेत संशोधन गरिएको छ । यसअघि कानुनमा चालकरहित रेल सेवाको प्रावधान थिएन ।

चालकरहित सेवा सुरू गरिएको जनाइए पनि हालका लागि मेट्रो अपरेटर रहनेछन् । केही समयपछि मेट्रोमा हुनसक्ने हरप्रकारका गडबडीलाई पहिचान गर्ने क्यामरा जडान गर्ने काम सकिएपछि भने मेट्रोबाट अपरेटरलाई हटाइने जनाएको छ ।

यो पनि