जेठ ०६, २०८१, आइतबार
               

नयाँ वर्ष २०२१ लाई ‘उपचारात्मक वर्ष’ बनाउन राष्ट्रसंघको आह्वान

नेपाल फ्ल्यास
पुस १५, २०७७

ADVERTISEMENT

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघ, १४ पुस (रासस–सिन्ह्वा)– कोरोना भाइरसका कारण सङ्कटग्रस्त मुलुकहरुलाई नयाँ वर्ष सन् २०२१ लाई उपचारात्मक वर्ष बनाउन संयुक्त राष्ट्रसंघले आह्वान गरेको छ ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले विश्वका सबै समुदायलाई उपचारात्मक वर्षको रुपमा सन् २०२१ लाई मनाउन भिडियो सन्देश मार्फत् आह्वान गरेका हुन् । नयाँ वर्षको अवसरमा शुभकामना सन्देश सहितको भिडियो सन्देशमा उहाँले महामारीका विरुद्धमा सँगसगै लड्नुपर्नेमा जोड दिएको छ । 

‘आउनुहोस् शान्ति स्थापनाका लागि सँगसगै काम गरौँ, सहकार्य गरौँ र अबरोध तथा समस्याहरुको सामना पनि गरौँ,’ उनले भिडियोमा भनेका छन् । सन् २०२० भरी कोरोना भाइरसको महामारी चलेकाले सन् २०२१ मा यो महामारीबाट मुक्त भइसक्ने गरी काम गर्नु पर्नेमा उनले जोड दिएका छन् ।

 कोरोना भाइरसका कारण अहिलेसम्म संसारभरी १७ लाख ८३ हजार १०० भन्दा बढीको मृत्यु भएको छ भने आठ करोड १७ लाख ३५ हजार भन्दा बढी संक्रमित भएका छन् ।


कस्तो लाग्यो ?

यो पनि