जेठ ०१, २०८१, मंगलबार
               

साउदी अरबमा एक महिला अधिकारकर्मीलाई पाँच वर्ष जेल सजाय

नेपाल फ्ल्यास
पुस १४, २०७७

ADVERTISEMENT

एजेन्सी । साउदी अरबमा एक महिला अधिकारकर्मीलाई पाँच वर्षको जेल सजायको फैसला सुनाइएको छ । लुजैन अल हथलौल नाम गरेकी ती महिलालाई पाँच वर्ष आठ महिनाको जेल सजाय सुनाइएको विभिन्न समाचारमा जनाइएको छ । ती महिला गाडी चलाउने अधिकार दिइनुपर्ने आवाज उठाउनेमध्येकी एक भएको बताइएको छ । 

महिला अधिकारका पक्षमा आवाज उठाएकी उनले साढे २ वर्षदेखि कडा सुरक्षाबीच थुनामा रहेकी छन् । उनलाई सन् २०१८ मा साउदी अरबका शत्रु संगठनसँग सम्पर्क राखेको अभियोगमा पक्राउ गरिएको थियो ।

सोमबार आतंकवादविरुद्धको विशेष आपराधिक अदालतमा भएको सुनुवाइमा उनलाई राष्ट्रिय सुरक्षामा आँच पुर्याएको र विदशी एजेण्डा अघि बढाएको आरोपमा दोषी ठहर गर्दै पाँच वर्ष आठ महिनाको जेल सजाय सुनाइएको समाचार माध्यमले जनाएको छ । 

हथलौलका परिवारले भने सरकारले लगाएको आरोप अस्वीकार गर्दै आएको छ । हथलौललाई साउदी अरबमा महिलालाई गाडी चलाउने अधिकार दिनुभन्दा केही साताअघि हिरासतमा लिइएको थियो । 

यो पनि