जेठ ०१, २०८१, मंगलबार
               

चीनको एक शहरमा चक्कु आक्रमण, सात जनाको मृत्यु

एजेन्सी
पुस १२, २०७७

सांकेतिक फोटो
ADVERTISEMENT

चीनको उत्तरपूर्वी एक शहरमा चक्कु आक्रमण हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ । घटनामा अन्य सात जना घाइते भएका छन् । 

लिओनिङ प्रान्तको कैयुवान सहरमा आइतबार बिहान भएको उक्त आक्रमण कुनै आतङ्ककारी समूहले गराएको हुनसक्ने त्यहाँका अधिकारीहरूले अनुमान गरेका छन् ।

कैयुवान सहरको एक रेस्टुरेन्टको नजिक (सडकमा) बिहान ८:१४ मा घटना भएको हो ।

व्यक्तिगत आवेगका कारण उक्त घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानपछि खुल्न आएको स्थानीय प्रहरीले बताएको छ ।  

प्रहरीले घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिरहेको जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि