जेठ ०६, २०८१, आइतबार
               

ओमानले लगायो सबै अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध

नेपाल फ्ल्यास
पुस ०८, २०७७

ADVERTISEMENT

मस्कट । ओमानले एक हप्ताका लागि अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । कोरोना महामारीको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै मंगलबारदेखि पुस १४ गतेसम्म सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेको ओमानस्थित नेपाली दूतावासले जनाएको छ ।

ओमानका सम्पूर्ण हवाईस्थलमार्गबाट हुने आवागमन एक साताका लागि बन्द गरिएको जनाउदै त्यहाँको सर्वोच्च कमिटीले त्यसपछिको भाइरसको विस्तार फैलावटको अवस्थाको आधारमा अर्को निर्णय लिइने जनाएको छ ।

तत्काल ओमान-नेपाल तथा नेपाल-ओमानको यात्राका क्रममा रहेका सम्बन्धित सबैले सोही बमोजिम व्यबस्थापन गर्न समेत दूतावासले अनुरोध गरेको छ ।

ओमानमा अहिलेसम्म कोरोना सङ्क्रमितको हुनेको सङ्ख्या १ लाख २८ हजार १४३ जना पुगेको छ । उपचारपछि निको हुनेको सङ्ख्य १ लाख १९ हजार ९४५ पुगेको छ भने संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ हजार ४९० जना पुगेको त्यहाँको स्वाथ्य मन्त्रालयले जनाएको छ ।

कोरोना कहर बढदै गएपछि साउदी अरब, कुवेत लगायत अन्य विभिन्न देशले कोरोना सङ्क्रमण नियन्त्रणका लागि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएका छन् ।


कस्तो लाग्यो ?

यो पनि