जेठ ०६, २०८१, आइतबार
               

साउदीमा अन्तर्राष्ट्रिय उडान स्थगन

एजेन्सी
पुस ०६, २०७७

ADVERTISEMENT

साउदी अरबको आन्तरिक मन्त्रालयले आगामी एक साताका लागि सम्पूर्ण अन्तर्राष्ट्रिय हवाई तथा स्थलमार्गबाट साउदी अरबमा हुने आवागमन स्थगन गरेको छ ।

नागरिकको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्न सावधानी स्वरुप यो कदम चालिएको जनाउँदै आवश्यक परेमा उडान स्थगनको अवधि लम्बिन सक्नेसमेत मन्त्रालयको सूचनामा उल्लेख छ ।

यसैगरी साउदी सरकारले अर्को सूचना जारी गर्दै कोभिड–१९ संक्रमण नियन्त्रणका लागि ५० जना भन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन प्रतिबन्ध लगाएको छ । 

यो आदेशको उल्लंघन गरेको पाइएमा साउदी रियाल १५ हजारसम्म जरिवाना गरिने जनाइएको छ ।

रियादस्थित नेपाली दूतावासले सरकारले जारी गरेको हवाई उडान लगायत स्वास्थ्यसम्बन्धी सावधानीका सूचनाहरु पूर्ण पालना गर्न त्यहाँ रहेका नेपालीमा अनुरोध गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि