जेठ ०६, २०८१, आइतबार
               

फाइजरको प्रतिडोज खोप कतिमा खरिद गर्दैछ इयूले ?

एजेन्सी
पुस ०६, २०७७

ADVERTISEMENT

युरोपेली संघ (इयू) ले फाइजरसँग १५ दशमलब ५ युरो अर्थात् २२ सय ३५ दशमलब २१ रुपैयाँमा प्रतिडोज खोप खरिद गर्ने सम्झौता गरेको छ ।

फाइजर र बायोएनटेकको खोप ९५ प्रतिशत प्रभावकारी सावित भएको बताइएको छ ।

रोयटर्सका अनुसार इयू र फाइजरबीच खोप खरिद विक्रीको विषयमा सहमति भइरहेको छ । 

अधिकारीहरुका अनुसार आम्सटरड्यामस्थित मुख्यालय रहेको युरोपियन मेडिसिन एजेन्सी इएमएले डिसेम्बर २९ अघि नै खोप लगाउन अनुमति दिने सम्भावना छ ।

बेलायत र संयुक्तराज्य अमेरिकाले यसअघि नै फाइजरका खोप प्रयोगमा ल्याइसकेका छन् ।

यसबीचमा युरोपेली युनियनमा आबद्ध २७ मुलुकले आगामी डिसेम्बर २७ देखि खोप लगाउने तयारी गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि