जेठ ०६, २०८१, आइतबार
               

रुसका अर्बपति बाबुकी १९ वर्षीया छोरीको मृत्यु

एजेन्सी
पुस ०५, २०७७

ADVERTISEMENT

रुसमा एक अर्बपति व्यापारीकी छोरीको मृत्यु भएको छ ।

ठूलो विल्डिङको झ्यालबाट खसेर उनको मृत्यु भएको बताइएको छ । घटनापश्चात रुसी मिडियाले उनको रहस्यामय हत्या भएको भन्दै आपराधिक गिरोहको संलग्नता हुनसक्ने बताएको छ ।

तर, मृतक १९ वर्षीया वलेरिया शापिलेङकोका बुबाले भने दुर्घटनावश छोरीको मृत्यु भएको बताएका छन् ।

टेक्नो पार्को नेटवर्कका मालिक तथा मृतक युवतीका बुबाका अनुसार छोरी आफ्नो बेडरुमको झ्यालबाट दुर्भाग्यवश तल झरेकी हुन्, जहाँ उनको दुखद मृत्यु नै भयो । घटनामा कुनै आपराधिक समूहको संलग्नता नभएको उनको भनाइ छ ।

छोरीको १९ औं जन्मदिनको ठिक अघिल्लो दिन (दिउँसो १ बजे) मृत्यु भएको उनले बताए ।

मिडिया रिपोर्टका अनुसार, जब उनले छोरीको चिच्याहट सुने र उनी दौडेर छोरीको बेडरुममा गए, तब झ्याल खुला थियो ।

त्यहाँको प्रहरीका अनुसार टावर (विल्डिङ) को तल उनको शव फेला परेको थियो । शवको प्रकृति हेर्दा उनको कुनै संघर्षबाट मृत्यु नभएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ । 

घटनास्थलमा कुनै सुसाइट नोट समेत नभेटिएको र उनका साथीहरुका अनुसार पनि उनलाई कहिल्यै पनि तनाव नभएको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि