बैशाख २४, २०८१, सोमबार
               

विदेशी रेडियो सुनेको भन्दै एक माझीको गोली हानी हत्या

एजेन्सी
पुस ०४, २०७७

ADVERTISEMENT

उत्तर कोरियामा विदेशी रेडियो सुनेको भन्दै एक माझीलाई मृत्युदण्ड दिइएको छ ।

अमेरिकाको लगानी रहेको रेडियो फ्रि एसियाका अनुसार आफ्नो रेडियो सुनेकै कारण उत्तर कोरियाका एक गत अक्टोबरमा माझीलाई सार्वजनिक स्थलमै गोली हानी हत्या गरिदिएको हो ।

चोइ नाम गरेका माझीको डुंगाको क्याप्टेनलाई अन्य १०० माझीहरुको अगाडि गोली हानिएको थियो ।

४० वर्षका ती माझीका क्याप्टेनले आफूले रेडियो फ्रि एसिया १५ वर्षयता सुनिरहेको स्वीकार गरेका थिए । समुद्रमा रेडियो फ्रि एसिया राम्रोसँग सुनिने र त्यहाँ कोरियाली भाषामा समाचारहरु आउने गरेका कारण उनले उक्त रेडियो सुन्ने गरेका थिए ।

उत्तर कोरियामा विदेशी रेडियो सुन्न तथा टेलिभिजन हेर्न प्रतिबन्ध छ । रिपोर्टस विथआउट बोर्डरका अनुसार उत्तर कोरियामा प्रेस स्वतन्त्रता छैन ।

यसबीचमा सार्वजनिकस्थलमा चोइको हत्या गरेर त्यहाँको अधिकारीहरुले विदेशी च्यानल नसुन्न चेतावनी दिएको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि