बैशाख २४, २०८१, सोमबार
               

प्रेम प्रस्ताव नस्वीकार्दा युवकमाथि युवतीकाे ब्लेड आक्रमण

नेपाल फ्ल्यास
पुस ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । भारतको बरेलीमा भएको एउटा घटनाले यतिबेला हंगामा मच्चाएको छ ।

बरेलीको हाफिजंगजमा कलेजकी एक छात्राले आफूसँगै पढ्ने एक युवकको अनुहारमा ब्लेडले आक्रमण गरेकी छिन् । ती युवतीले बारम्बार युवकसँग मनको कुरा शेयर गरे पनि युवकले उनको प्रपोज इन्कार गरेपछि उनले ती युवकलाई ब्लेडले प्रहार गरेकी हुन् ।

युवतीले विवाहको प्रस्ताव राखे पनि युवकले अस्वीकार गरेपछि उनले यस्तो गरको बताएकी छन् । अझै धेरै पढ्न बाँकी रहेको भन्दै युवकले युवतीको प्रस्तावलाई अस्वीकार गरेका थिए । ती युवती युवकसँग एकोहोरो प्रेममा परेकी थिइन् ।

युवकलाई जति भन्दा पनि नमानेको भन्दै उनले युवकसँग बदला लिनका लागि ब्लेडले प्रहार गरेको बताएकी छन् । प्रहरीका अनुसार युवतीले कलेज जाने बाटोमा युवकलाई बोलाएर ब्लेडले युवकमाथि हमला गरेकी थिइन् ।

प्रत्यक्षदर्शीका अनुसार युवतीले ब्लेडले प्रहार गरेर युवकको अनुहार बिगार्ने मनशाय रहेको बताएका छन् । ति युवतीका अनुसार अनुहारमा घाउ बनाइदिएपछि अन्य महिलाहरुले युवकसँग विवाह गर्न चाहदैनन् र आफैसँग विवाह हुने सोचाईले यस्तो गरेकी थिइन् ।

युवक रगताम्य देखेपछि विद्यार्थीहरुले उनलाई अस्पताल लगेका थिए ।- एजेन्सीको


कस्तो लाग्यो ?

यो पनि