जेठ ०६, २०८१, आइतबार
               

३३३ विद्यार्थी अपहरण गरेको बोको हरामद्वारा स्वीकार

नेपाल फ्ल्यास
पुस ०१, २०७७

ADVERTISEMENT

नाइजेरियाको लागोसमा शुक्रबार राति र आइतबार गरी बन्दुकधारीहरूले विद्यालयमा आक्रमण गरी यहाँका ३ सयभन्दा बढी विद्यार्थी बेपत्ता गरिएको घटनाको यहाँको आतंककारी समूह बोको हरामले जिम्मा लिएकाे छ । 

यहाँका सुरक्षा अधिकारीहरुले दिएको जानकारीअनुसार बन्दुकधारीहरूले गरेको सो हमलामा परी यहाँका ३३३ जना बालबालिका हराएका थिए । ती बालबालिकालाई तिनै आक्रमणकारीहरूले अपहरण गरी लगेको अनुमान गरिएको थियो ।

बोको हराम नामक यहाँको आतंककारी संगठनले बुधबार ती बालबालिका आफूहरुले अपहरण गरी लगेको र अहिले पनि उनीहरु आफूसँगै रहेका बताएको हो ।         

नाइजेरियाको उत्तर पश्चिमी राज्य कातसिनाको एक प्राथमिक विद्यालयमा गएको शुक्रबार राति र आइतबार सो हमला भएको हो । त्यस हमलामा परेर ३३३ जना विद्यार्थी अपहरित भएका थिए ।

अपहरणकारीहरुले स्वीकार गरिसकेको समाचार आएको पनि बुधबार अधिकारीले जनाएका छन् । ती अपहरणकारीहरु सरकारी खोजकर्ताहरूको सम्पर्कमा आएका र उनीहरुसँग बालबालिकालाई मुक्त गर्ने विषयमा कुराकानी भइरहेको जनाइएको छ । 

बोको हराम संगठनका नेता अबुबाकर सेकाउले बुधबार एक अडियो सन्देश पठाएर ती विद्यालयहरूलाई आफूहरूले अपहरण गरेको भन्दै विद्यालयका ३३३ जना बालकालिका आफूहरूसँग रहेको बताएका छन् ।

 


कस्तो लाग्यो ?

यो पनि