जेठ ०६, २०८१, आइतबार
               

सुडानका प्रधानमन्त्री इथियोपिया भ्रमणमा

नेपाल फ्ल्यास
मंसिर २९, २०७७

ADVERTISEMENT

एजेन्सी । सुडानका प्रधानमन्त्री अब्दुल्लाह हमडोक आइतबार इथियोपियाको भ्रमणमा गएका छन् । इथियोपियाको राजधानी अडिस अबाबामा उत्रिएका प्रधानमन्त्री हमडोकले माझी शरणार्थीहरूका बारेमा छलफल गर्न लागेका हुन् । 

इथियोपियाको तिग्राय क्षेत्रमा रहेका झण्डै ५० हजार शरणार्थीहरुप्रति उनले चासो देखाउँदै समस्या समाधान गर्ने प्रयास गर्न लागेका छन् । दुई देशका सीमा क्षेत्रमा शरणार्थीसम्बन्धी समस्या बल्झीँदै गएको छ । 

सुडानका तत्कालीन राष्ट्रपति ओमर अल बशिरलाई अपदस्त गरिएपछि सुडानमा राजनीतिक अस्थिरता र सङ्क्रमण बढेको छ भने आर्थिक संकट र गरिबी बृद्धि भएको छ ।

सुडानका प्रधानमन्त्री हमडोकले आफ्नो आधिकारीक ट्वीटर एकाउन्टमा लेखेका छन्, ‘म आज अडिस अबाबामा आइपुगेको छ, मैले यहाँका प्रधानमन्त्री अबिय अहमदलाई भेट्ने छु ।’ 

अहिलेको भ्रमण र भेटवार्ताका क्रममा आफूले राजनीतिक, मानवीयता, सुरक्षालगायतका दुई पक्षीय र साझा चासोका विषयमा छलफल गर्ने र भ्रमण उपलब्धीमूलक हुने उनले विश्वास व्यक्त गरेका छन् । 

त्यसैगरी दुवै देशमा शान्ति स्थापना, स्थीरता, समृद्धिसँगै क्षेत्रीय चासोका विषयमा पनि छलफल हुने उनले बताए । सुडानी प्रधानमन्त्री हमडोकको इथियोपिया भ्रमण दुईदिने रहेको कूटनीतिक अधिकारीहरूले जानकारी दिएका छन् । 

यो पनि