जेठ ०६, २०८१, आइतबार
               

जर्मनीमा फेरि लकडाउन

नेपाल फ्ल्यास
मंसिर २९, २०७७

ADVERTISEMENT

एजेन्सी । जर्मनीमा विद्यालय र अत्यावश्यक बाहेकका सबै पसल, उद्योग, व्यवसाय, कार्यालय बन्द गर्न आह्वान गरिएको छ ।

कोरोनाभाइरसको सङ्क्रमण अत्यधिक बढेपछि चान्सलर एन्जेला मर्केलले बुधबारबाट अत्यावश्यक बाहेकका सबै पसल तथा कार्यालयहरू बन्द गर्न आह्वान गरेकी हुन् ।

आशिंक लकडाउनको यो व्यवस्था कम्तीमा जनवरी १० तारिखसम्म रहने र त्यसपछि अवस्था हेरेर निर्णय गरिने पनि उनले स्पष्ट पारेकी छन् । युरोपकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुकमा महामारी झन झन बढ्दै गएपछि त्यस क्षेत्रकै लागि चुनौती भएको छ ।

अर्थतन्त्रमा धेरै नकारात्मक असर परिरहेकाले कामदारहरूलाई घरबाटै काम गर्न पनि सरोकारवाला सबैलाई मर्केलले आग्रह गरेकी छन् ।

यस्तै सार्वजनिक स्थलमा रक्सीको कारोबार गर्न पनि प्रतिबन्ध लगाइएको छ भने कपाल काट्ने ठाउँ पनि बन्द गर्न भनिएको छ ।

आंशिक लकडाउनका बारेमा र त्यसको व्यवस्थापनका बारेमा चान्सलर मर्केलले आइतबार १६ राज्यका नेताहरूसँग छलफल पनि गरेकी छन् ।

क्रिसमस, नयाँ वर्षलगायतका महत्वपूर्ण चाडपर्वहरू मनाउने बेला भएकाले पनि सङ्क्रमण थप फैलिन सक्नेतर्फ सरकारी अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् ।

उनीहरूले चाडपर्व मनाउनका लागि भीडभाड हुने, किनमेल बढ्ने, रमाइलो गतिविधिहरू धेरै हुने भएकाले पनि तत्काल लकडाउनको आवश्यकता भएकोमा जोड दिएका थिए ।


कस्तो लाग्यो ?

यो पनि