बैशाख २५, २०८१, मंगलबार
               

ट्रम्प र बाइडेनका समर्थकबीच चक्कु हानाहान, चार घाइते

नेपाल फ्ल्यास
मंसिर २८, २०७७

ADVERTISEMENT

अमेरिकाका सबै ५० वटा राज्य एवं डिस्ट्रिक्ट अफ कोलम्बियाले हालै सम्पन्न राष्ट्रपति निर्वाचनको मतपरिणामलाई प्रमाणित गरिसकेको छ ।

मत परिणामअनुसार डेमोक्रेटिक नेता जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति बन्ने निश्चितपक्का भइसकेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि पराजित भएका हुन् ।

चुनावमा परातिज भएपछि पनि ट्रम्पले चुनावमा धाँधली भएको आफ्नो दाबीलाई छाड्न चाहिरहेका छैनन् ।

यसबीचमा शनिबार मात्र ट्रम्पका पक्षधर प्राउड ब्वाइज समुहले चुनावमा धाँधली भएको भन्दै वासिङटन डीसीका सडकहरुमा प्रदर्शन गरेको थियो ।

सो क्रममा बाइडेन पक्षधरका एन्टिफा काउन्टर प्रोटेस्टर समूहसँग प्राउड ब्वाइज समुहको झडप भएको थियो । यस झडपमा चक्कु हानाहान भएको त्यहाँको प्रहरीले जनाएको छ ।

प्रहरीले बल प्रयोग गर्दै झडपलाई तितरबितर पारेको थियो । प्रहरीले २३ जनालाई गिरफ्तार गरेको समेत जानकारी दिएको छ ।

झडपमा चार जनाको शरीरमा चक्कु प्रहार भएको बताइएको छ । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

यो पनि