जेठ ०६, २०८१, आइतबार
               

दुबईमा १४४ तलाको भवन १० सेकेण्डमै ढल्यो (भिडियो)

नेपाल फ्ल्यास
मंसिर २७, २०७७

ADVERTISEMENT

आबुधाबी । कुनै पनि कुरा बनाउन बर्षौ लाग्छ तर भत्काउन एकछिन पनि लाग्दैन । युएईको अबुधाबीमा यस्तै भयो, जहाँ एक ठूलो भवनलाई केही सेकेण्डमै ढालिएको छ ।

५४१ फिट अग्लो मिना प्लाजालाई १० सेकेण्डमै भत्काइएको हो । उक्त भवन भत्काउँदै गर्दाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

विश्वमा हालसम्म यति ठूलो भवन यति कम समयमा कहिल्यै भत्काइएको थिएन । हाल सम्म भत्काइएका भवनमध्ये मिना प्लाजा सबैभन्दा अग्लो भवन भएको बताइएको छ ।

उक्त भवन भत्काइएसँगै गिनिज बुकमा यसले नयाँ रेकर्ड कायम गरेको छ । अधिकारीहरुका अनुसार उक्त भवन भत्काउन ९१५ केजी विस्फोटक पदार्थको प्रयोग भएको थियो ।

भवन भत्काइनु अघि अघि वरपरका पसल र बजारहरू अस्थायी रूपमा बन्द गरिएका थिए । भवन भत्के पछि साइटहरुमा हाल निरीक्षण भइरहेको गल्फ न्यूजले जनाएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि