जेठ ०६, २०८१, आइतबार
               

लेबनानका पूर्व प्रधानमन्त्रीका हत्यारालाई आजीवन काराबास

नेपाल फ्ल्यास
मंसिर २७, २०७७

ADVERTISEMENT

नेदरल्याण्ड । लेबनानका पूर्व प्रधानमन्त्री रफिक हरिरि र अरु २१ जनाको हत्यामा संलग्न भएको अभियोगमा एक व्यक्तिलाई आजीवन जेल सजायको फैसला भएको छ । सन् २००५ मा भएको सो घटनामा संलग्न भएको ठहर गर्दै विद्रोही समूह हेजबुल्लाका एक कार्यकर्तालाई आजीवन जेल सजाय तोकिएको हो ।

राष्ट्रसंघीय अदालतले ५७ बर्षिय सलिम अयाशलाई आजीवन जेल सजाय गर्न शुक्रबार फैसला गरेको जनाइएको छ । उनले आत्मघाती बम आक्रमण गर्दा अरबपति राजनीतिज्ञसहित २२ जनाको मृत्यु भएको ठहर गरिएको बताइएको छ । घटनामा धेरै जनाको मृत्यु भएकाले उनलाई अदालतले आजीवन काराबासको पाँच गुणा बढी सजाय हुनुपर्ने जनाइएको छ । 

दर्दनाक र अति चर्चित सो घटनामा परी अरु २२६ जना घाइते समेत भएका थिए । उनलाई आजीवन काराबासको सजाय फैसला गर्दै राष्ट्रसंघीय अदालतका प्रधान न्यायाधीश डेभिड रेले भने, ‘श्री अयाश आम नरसंहारमा संलग्न भएको पुष्टि भएको छ, त्यसैले उनलाई आजीवन काराबासको सजाय तोकिएको छ ।’

मुद्दाको सुनुवाईका क्रममा सहभागी न्यायधीशहरूले यस घटनामा सम्लग्न दोषीलाई आजीवन काराबासको पाँच गुणा बढी सजाय हुनुपर्नेमा सहमति जनाएको पनि उनले जानकारी दिए । जघन्य अपराधमा सम्लग्न दोषीकोरूपमा अयाशलाई अदालतले अन्तर्राष्ट्रिय पक्राउ पुर्जी पनि जारी गरेको छ ।

हेजबुल्लाहका प्रमुखले भने अदालतको फैसलाप्रति आपत्ति जनाउदै पुर्वाग्रहका आधारमा फैसला गरेको आरोप लगाएका छन् । यस घटनामा मारिएका लेबनानका पूर्व प्रधानमन्त्री हरिरिले सन् २००४ को अक्टोबरमै राजीनामा दिइसकेका थिए । त्यसपछिको २००५ को फेब्रुअरीमा उनको हत्या भयो । 

यो पनि