बैशाख २५, २०८१, मंगलबार
               

जसलाई बाइडेनले बनाए आन्तरिक मामिला सल्लाहकार

एजेन्सी
मंसिर २६, २०७७

ADVERTISEMENT

अमेरिकाकी राष्ट्रपति पदमा निर्वाचित जो बाइडेनले पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार सुसन राइसलाई आन्तरिक नीति सल्लाहकारका रुपमा नियुक्त गरेका छन् ।

विदेश नीतिको विज्ञ मानिने राइसलाई बाइडेनले भने आन्तरिक मामिलासम्बन्धी नीतिगत विषय हेर्ने जिम्मेवारी दिएका हुन् ।

विदेश मामिलामा दिग्गज मानिने ५६–वर्षीया राइसलाई आन्तरिक मामिलाको सल्लाहकार र आन्तरिक नीति परिषद्को डाइरेक्टरको जिम्मेवारी दिने बाइडेनको कदमले धेरै मानिस आश्चर्यमा परेका छन् ।

बाइडेनले राइसलगायत अहिलेसम्म गरेका नियुक्तिबाट उनले व्यवस्थापकीय अनुभव र विविधतामुलक प्रतिनिधित्वलाई प्राथमिकता दिएको देखिन्छ ।

जसरी तत्कालीन राष्ट्रपति बाराक ओबामाले लामो अनुभव र प्रतिबद्धताको सम्मान गर्दै उनलाई उपराष्ट्रपतिको जिम्मेवारी दिएका थिए, वाइडेनले पनि ठीक त्यसैगरी लामो प्रतिबद्धता र अनुभव भएका व्यक्तिलाई बढि प्राथमिकता दिएको रोयटर्सले उल्लेख गरेको छ ।

ओबामाको राष्ट्रिय सुरक्षा सल्लाहकारबाहेक संयुक्त राष्ट्रसंघमा अमेरिकाको राजदूतको रुपमा पनि काम गरेकी उनी बाइडेनको टिममा उपराष्ट्रपति पदका लागि पनि आकांक्षी थिइन् । 

उनलाई बाइडेनको सरकारमा सम्भावित विदेशमन्त्रीको रुपमा समेत हेरिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि