बैशाख २३, २०८१, आइतबार
               

कोरियाले नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षाको क्षेत्रमा सहयोग गर्ने

नेपाल फ्ल्यास
मंसिर २६, २०७७

ADVERTISEMENT

काठमाडौं । अब दक्षिण कोरियाले नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षाको क्षेत्रमा सहयोग गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँगको भेट वार्तामा नेपालका लागि कोरियाका राजदूत पार्क योङसिकले यस्तो प्रतिबद्धता गरेका हुन् ।

उनले कोरियाको निजी क्षेत्रबाट थप लगानी बढाउन समन्वय गर्ने पनि बताए । यसैगरी, कोभिड–१९ विरुद्ध नेपालले गरेको प्रयासमा कोरिया सरकारको सहयोग र सहकार्यका लागि धन्यवाद दिएका छन् । 

नेपाल र कोरियाबीच व्यापार, लगानी र रोजगारीको क्षेत्रमा समेत आपसी सहकार्य बढदै गएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले ‘इपिएस’ (इम्लाएमेन्ट प्रमिट सिस्टम) मार्फत् नेपाली रोजगारीका लागि कोरियामा जाने र त्यहाँ सिकेको सीप नेपालमा प्रयोग गर्दा देशलाई फाइदा पुगेको बताए । 

अर्थमन्त्री पौडेलले नेपालमा पर्यटक, व्यापारी तथा लगानीकर्ताका रुपमा कोरियन जनताको उपस्थिति बढाउन थप सहयोगको लागि आग्रह गरेका थिए । उनले कोरिया सरकारको सहयोगमा नेपालमा सञ्चालित आयोजनाहरुका लागि मन्त्रालयको सहयोग साथ र समर्थन रहने बताए । 

यो पनि