जेठ ०६, २०८१, आइतबार
               

ईसीबीद्वारा ६ खर्ब डलरको थप कार्यक्रम घोषणा

नेपाल फ्ल्यास
मंसिर २५, २०७७

ADVERTISEMENT

यूरोपेली केन्द्रीय बैंक (ईसीबी) ले महामारीजन्य आपतकालीन खरीद कार्यक्रमको थप ६ खर्ब पाँच अर्ब अमेरिकी डलर बराबरको कार्यक्रम घोषणा गरेको छ ।

उक्त कार्यक्रमलाई सन् २०२२ को मार्चसम्मका लागि बिस्तार गरिएको हो । नयाँ कार्यक्रमले कोभिडका कारण थला परेको अर्थतन्त्रलाई प्रोत्साहन गर्ने ईसीबीले आफ्नो मौद्रिक नीतिसम्बन्धी बैठकपछि बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । महामारीजन्य आपतकालीन खरीद कार्यक्रमलाई यस पहिले यसै वर्षको मार्चमा ल्याइएको थियो जुनमा थप ६ खर्ब यूरो थप गरिएको थियो । अब यो कार्यक्रमको कूल बजेट १८ खर्ब ५० अर्ब पुगेको छ ।

ईसीबीले खासगरी दीर्घकालीन पुनर्वित्त कार्यक्रमको तेस्रो श्रृङ्खला अन्तर्गत बैंकिङ कर्जासमेत बढाउने भएको छ । त्यसैगरी बैंकले यूरो क्षेत्रको प्रमुख ब्याजदरलाई अत्यधिक निम्न अवस्थामा कायम राख्ने बताएको छ । बैंकले आधार ब्याज दर, सीमान्त ऋण दर र क निक्षेप दरलाई अपरिवर्तित क्रमशः शून्य प्रतिशत, ०.२५ प्रतिशत र ०.५० प्रतिशत कायम राखेको छ ।


कस्तो लाग्यो ?

यो पनि