बैशाख २५, २०८१, मंगलबार
               

महिला पत्रकारको गोली हानी हत्या

एजेन्सी
मंसिर २५, २०७७

ADVERTISEMENT

पूर्वी अफगानिस्तानमा एक महिला पत्रकारको गोली हानेर हत्या गरिएको छ । 

महिला पत्रकार मलाला माएम्वदको बिहीबार अज्ञात समूहले गोली हानी हत्या गरेको बिबिसीले उल्लेख गरेको छ ।

अफगानिस्तानको जलालावादमा उनको गाडीमाथि हतियारीधारी व्यक्तिहरुको समूहले गोली प्रहार गरेको थियो ।

आक्रमणमा उनका चालक समेत मारिएका छन् । 

मलाला एनिकास टिभी र रेडियोमा कार्यरत थिइन् । 

प्रान्तीय गभर्नरका प्रवक्ता अताउल्ला खोगियानीले आक्रमणकारी भाग्न सफल भएको र उनीहरुको खोजी भइरहेको बताएका छन् ।

आक्रमणको जिम्मेवारी कुनै समूहले लिएको छैन । 


कस्तो लाग्यो ?

यो पनि