बैशाख २६, २०८१, बुधबार
               

विश्वकै तेस्रो शक्तिशाली महिला बनिन् कमला, पहिलो र दोस्रो को भए ?

नेपाल फ्ल्यास
मंसिर २३, २०७७

ADVERTISEMENT

फोर्ब्स म्यागेजिनले यस वर्षका शक्तिशाली १०० महिलाको सूची सार्वजनिक गरेको छ ।

फोर्ब्सले जर्मन चान्सलर एन्जेला मर्केललाई यो वर्षको विश्वकै शक्तिशाली महिला घोषित गरेको छ ।

सूचीको दोस्रो नम्बरमा युरोपियन सेन्ट्रल बैंककी प्रमुख क्रिस्टिन लेगार्द पर्न सफल भएकी छिन् । 

त्यसैगरी विश्वकै शक्तिशाली महिलाको तेस्रो स्थानमा नवनिर्वाचित अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस छिन् । दक्षिण एसियाली अफ्रिकी मुलकी कमला ह्यारिस अमेरिकाको पहिलो महिला उपराष्ट्रपति बनेकी छिन् । 

उनी जमैकन बाबु र भारतीय मुलकी आमाकी छोरी हुन् ।

माइक्रोसफ्टकी पूर्वमहाप्रबन्धक तथा परोपकारी मेलिन्डा गेट्स पाँचौ स्थानमा छिन् भने न्युजिल्यान्डकी प्रधानमन्त्री जासिन्डा आर्डेन ३२औं स्थानमा परेकी छिन् ।

त्यस्तै भारतीय अर्थमन्त्री निर्मला सीतारमण ४१औं, बेलायती महारानी एलिजावेथ द्वितीय ४६औं र फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मारिन ८५ औं स्थानमा छन् ।

सूचीमा ३० मुलुकका महिला समावेश छन् । जसमध्ये १० जना राज्यका प्रमुख, ३८ जना कम्पनीका सिइओ र ५ जना कला क्षेत्रका छन् ।

यो पनि