जेठ ०६, २०८१, आइतबार
               

भारतीय समाजवादी पार्टीका प्रमुख अखिलेश यादवलाई प्रहरीले रोक्यो

नेपाल फ्ल्यास
मंसिर २३, २०७७

ADVERTISEMENT

लखनउ । भारतीय समाजवादी पार्टीका प्रमुख तथा पूर्व मुख्य मन्त्री अखिलेश यादवलाई प्रहरीले रोकेको छ । लखनउमा सोमबार आयोजना गरिएको विरोध कार्यक्रममा सहभागी हुन गइरहेका बेला उनलाई प्रहरीले रोकेको हो । 

प्रहरीले यसअघि पनि उनलाई पार्टीले कनौँजमा आयोजना गरेको कार्यक्रममा सहभागी हुने बेलामा अवरोध गरेको थियो । उनी किसानहरुले आयोजना गरेको विरोध कार्यक्रममा ऐक्ववद्धता जनाउन जान लागेका थिए । 

भारतमा कृषिसम्वन्धी नयाँ कानूनहरूप्रति असन्तुष्टि जनाउँदै केही समयदेखि किसानहरू आन्दोलित भएका छन् । उनीहरुको आन्दोलनप्रति यादवले यसअघि देखि नै समर्थन जनाउँदै आएका छन् । 

पूर्व मुख्यमन्त्री यादवले केन्द्रीय सरकारले जारी गरेको कृषिसम्वन्धी नयाँ कानुन फिर्ता लिनुपर्नेमा जोड दिने गरेका छन् । 

‘यदी नयाँ कानुनले किसानलाई फाइदा गर्दैन र किसानहरु खुशी छैनन् भने केन्द्रीय सरकारले कानून किन फिर्ता लिदैन ?’ उनले प्रश्न गरे ।  

उनले सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) ले लोकतन्त्रको अन्त्य गर्न र किसानहरुको आवाज दवाउन खोजेको आरोप पनि लगाए ।  

‘भाजपाले कार्यक्रम आयोजना गर्दा कोरोनाभाइरस नफैलिने अनि किसानहरुले आयोजना गर्दा फैलिने भन्ने हुन्छ र ?’ उनको प्रश्न थियो ।

पूर्व मुख्यमन्त्री यादवले भाजपाका कार्यकर्ताले कार्यक्रम गर्दा कुनै कारबाही तथा अवरोध नहुने र आफ्नो पार्टी र किसानहरुले कार्यक्रम गर्दा भने जेल जानु पर्ने वा अवरोध हुने गरेको भन्दै आपत्ति पनि जनाए । 

यो पनि