जेठ ०६, २०८१, आइतबार
               

‘तारक मेहताका उल्टा चश्मा’का लेखकद्वारा आत्महत्या

एजेन्सी
मंसिर १९, २०७७

ADVERTISEMENT

भारतीय टेलिभिजनको चर्चित हास्य श्रृंखला ‘तारक मेहताका उल्टा चश्मा’ का लेखक मध्ये एक जनाले आत्महत्या गरेका छन् । 

लेखक अभिषेक मकवानाले एक चिठ्ठी (सुसाइट नोट) लेखी आत्महत्या गरेको भारतीय प्रहरीले जनाएको छ । 

उक्त सुसाइट नोटमा पैसाको समस्याका बारेमा लेखिएको प्रहरीले बताएको छ ।

अभिषेकले २७ नोभेम्बरमा आत्महत्या गरेका थिए । 

उनका परिवारजनले भने अभिषेक साइबर ठगीको शिकार भएको र उनलाई ब्ल्याकमेल गरिएको आरोप लगाएका छन् । 

अभिषेकलाई मुम्बईको कान्दिवलीस्थित घरमा पंखामा झुण्डिएको अवस्थामा फेला पारिएको थियो । 

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

यो पनि