बैशाख २०, २०८१, बिहीबार
               

एक हजार ६०० रोहिंग्यालाई भसन चार टापूतर्फ पठाइयो

नेपाल फ्ल्यास
मंसिर १९, २०७७

ADVERTISEMENT

बङ्गलादेशले कोक्स बजार वरपर विभिन्न शिविर बनाई बस्दै आएका एक हजार ६०० शरणार्थीलाई शुक्रबार असुरक्षित भनिँदै आएको भसन चार टापूतर्फ पठाएको छ ।

करिब एक लाख रोहिंग्या शरणार्थीलाई नयाँ टापूमा सार्ने योजना अन्तर्गत उनीहरूलाई त्यसतर्फ पठाइएको हो । उक्त टापू सामुद्रिक सतहबाट निकै कम उचाइमा रहेको र शरणार्थीलाई त्यहाँ सार्नु असुरक्षित हुने भनी विभिन्न मानव अधिकारवादी समूहहरूले विरोध जनाए पनि बङ्गलादेशको सरकारले शरणार्थी सार्ने कामलाई अघि बढाएको हो । सन् २०१७ मा म्यानमारको सेनाले अल्पसङ्ख्यक रोहिङ्ग्या समुदायमाथि चलाएको कारबाहीपछि विस्थापित बनेका करिब १० लाख शरणार्थीहरू बङ्गलादेश र अन्य एशियाली मुलुकहरूका विभिन्न स्थानमा बस्दै आएका छन् । योमध्ये करिब आठ लाख शरणार्थी बङ्गलादेशमा रहेको उल्लेख गरिएको छ । बङ्गलादेश सरकारले कम उचाइ रहेको टापूमा आफूहरूलाई सार्न लागेको भनी शरणार्थी त्यसतर्फ जान अनिच्छुक रहेको भए पनि सरकारका् दवावपछि उनीहरू त्यसतर्फ गएको उल्लेख छ ।

उनीहरूलाई सामुद्रिक सतहबाट कम उचाइ रहेको टापूमा सार्दा शिविरलाई सामुद्रिक छालले डुवानमा पार्नसक्ने मानवअधिकारवादी समूहहरूको भनाइ रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि