जेठ ०६, २०८१, आइतबार
               

अमेरिकी राष्ट्रपति ट्रम्पले भने ‘म पुनः निर्वाचन लड्न सक्छु’

नेपाल फ्ल्यास
मंसिर १९, २०७७

ADVERTISEMENT

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ कार्याकालको लागि भएको निर्वाचन दौडमा पराजित भएपछि सन् २०२४ मा हुने निर्वाचनमा पुनः निर्वाचन लड्नसक्ने संकेत गरेका छन् ।

राष्ट्रपति ट्रम्पले व्हाइट हाउसको क्रिसमस पार्टीमा पाहुनाहरूसँग भनेका छन्, ‘यो अचम्मको चार बर्ष भयो, हामीले अर्को चार बर्ष नेतृत्व गर्ने कोशिस गर्दैछौँ, यदि यो सम्भावना नभएमा म तपाईँलाई अर्को चार बर्षपछि भेट्नेछु ।’ 

कैयौँ रिपब्लिकन पार्टीका महत्वपूर्ण ओहदामा बसेका वर्तमान तथा विगतका अधिकारीहरूसमेत सहभागी उक्त कार्यक्रममा सञ्चारकर्मीलाई प्रवेश नदिइएको भएपनि कार्यक्रमको भिडियो तत्कालै सार्वजनिक भएको थियो । 

नोभेम्बर ४ को चुनावको झन्डै एक महिना पछि ७४ वर्षीय ट्रम्प अझै पनि आफू निर्वाचनमा हारेको कुरा स्वीकार्न अस्वीकार गरेका छन् । उनले अगामी दिनको प्रशासन निर्माणमा व्यस्त राष्ट्रपति निर्वाचित डेमोक्र्याटिक प्रतिद्वन्द्वीलाई जो बाइडेनलाई स्वीकार गरिसकेका छैनन् । 

ह्वाइट हाउसमा बदली भएका ट्रम्पले आफ्नो सार्वजनिक उपस्थितिलाई न्यून बनाउन थालिसकेका छन् । तर, उनकै शब्दमा निर्वाचनमा ‘धाँधली र ठगी’को बारेमा आवेगात्मक ट्वीट भने लेखिरहेका छन् । यद्यपि उनका आफ्नै वकीलले भने निर्वाचनमा भएका धाँधलीका बारेमा ट्रम्पको विचारभन्दा भिन्न धारणा राखेका छन् । 

उनले ‘आजसम्म हामीले त्यस्तो नक्कली मापदण्ड देखेका छैनौं जसले चुनावमा फरक नतिजा ल्याउन सक्छ,’ राष्ट्रपतिका कानूनी सल्लाहाकार बिल बारले मंगलबार एसोसिएटेड प्रेस (एपी) सँग भने । बारको कथनलाई सबैभन्दा शक्तिशाली मान्न सकिन्छ किनकि उहाँ ट्रम्पको निकट सहयोगी हो । जिज्ञासाजनक राजनीतिक वातावरणलाई ध्यानमा राख्दै राष्ट्रपति निर्वाचित वाइडेनले भने आफ्नो मन्त्रिपरिषद्का उम्मेदवार र नियुक्तिमा व्यस्त छन् । 

राष्ट्रपति ट्रम्पले षडयन्त्रका सिद्धान्तहरूबारे चर्चा गर्दै आफूले सहजै सत्ता हस्तान्तरण नगर्ने चर्चा गरेपछि अमेरिकी नागरिकमा एक प्रकारको अन्यौलको स्थिति देखिएको बताउने गरिएको छ । सुरुका दिनमा जस्तो ट्रम्पले सत्ता सहजै हस्तान्तरण नगर्ने कुरालाई पटक–पटक नदोहोराए पनि निर्वाचन परिणामप्रति आफू सन्तुष्ट नरहेको धारणा भने यदाकदा सुन्न पाइन्छ । 

एनबीसी न्यूजका अनुसार ट्रम्पले आफ्नो २०२४ को निर्वाचन अभियानलाई वाइडेनले सत्ता सम्हालेकै दिन जनवरी २० देखि नै सुरू गर्ने सम्भावनाबारे निकटस्तहरूसँग छलफल गरेका छन् । ट्रम्प र उनको दलले बाइडेनको उद्घाटन समारोहमा भाग लिन नचाहेको कतिपय सञ्चारमाध्यमले लेख्दै पनि आएका छन् । 

मेनहटनका जग्गा व्यवसायीबाट राष्ट्रपतिसम्म पुग्न सफल भाग्यमा बढी विश्वास गर्ने ट्रम्पले आफूले पहिलो कार्यकालको पद तथा गोपनियताको सपथ खाएसँगै दोस्रो कार्यकाल सन् २०२० को निर्वाचनका लागि कार्यपत्रसमेत प्रस्तुत गरेका थिए । 

यो पनि