बैशाख २३, २०८१, आइतबार
               

गाँजालाई लागुऔषधको सूचीबाट हटाउने पक्षमा नेपालले पनि गर्‍यो मतदान

नेपाल फ्ल्यास
मंसिर १८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालले गाँजालाई कडा प्रकृतिको लागुऔषधको सूचीबाट हटाउने पक्षमा मतदान गरेको छ ।

संयुक्त राष्ट्र संघको लागुऔषध तथा अपराध नियन्त्रणसम्बन्धी निकायको बुधबार भएको बैठकमा नेपालसहित २७ देशले गाँजालाई कडा लागुऔषधको सूचीबाट हटाउने निर्णयको पक्षमा मतदान गरेको हो ।

भियनास्थित नेपालको स्थायी नियोगका राजदूत प्रकाशकुमार सुवेदीले ट्विट गर्दै नेपालले गाँजालाई कडा लागुऔषधको सूचीबाट हटाउने निर्णयको पक्षमा मतदान गरेको जानकारी दिए ।

‘नेपालले पनि गाँजाको व्यापार र गाँजाजन्य औषधि र वैज्ञानिक प्रयोगका खुकुलो बनाउने पक्षमा मतदान गरेको छ’, सुबेदीले भनेका छन्, ‘तर लागुऔषधको रुपमा प्रयोग हुने विषयमा भने सबै प्रकारको नियन्त्रणको उपायहरुलाई निरन्तरता दिइने छ ।’

राष्ट्र संघको लागू औषध तथा अपराध हेर्ने निकायको लागू औषधसम्बन्धी वार्षिक बैठकमा भएको मतदानमा गाँजालाई कडा प्रकृतिको लागुऔषधको सूचीबाट हटाउने पक्षमा २७ र विपक्षमा २५ मत परेको थियो । एक देशले भने मतदानमा भाग लिएन ।

यो मतदानसँगै गाँजा ५९ वर्षपछि राष्ट्र संघको लागुऔषधसम्बन्धी अभिसन्धिको चौथो सूचीबाट बाहिरिने भएको छ । 

नेपालले सो अभिसन्धिमा हस्ताक्षर गरे पनि २०३३ सालबाट गाँजालाई कडा लागू औषधको सूचीमा राखेको थियो ।


कस्तो लाग्यो ?

यो पनि