जेठ ०६, २०८१, आइतबार
               

सोमालियाली सेनाको कारबाहीमा ६ जना लडाकू मारिए

नेपाल फ्ल्यास
मंसिर १८, २०७७

ADVERTISEMENT

एजेन्सी । सोमालियाको मारा आद्दे क्षेत्रमा सोमालिया राष्ट्रिय सेनाले गरेको कारबाहीमा परी अल शबाबमा ६ जना लडाकू मारिएको सेनाका कमाण्डरले पुष्टि गरेका छन् । 

अल शबाबका लडाकू समूह जबरजस्ती अति बढी कर उठाएको आतंकको विरोध अभियान सुरु भएपछि ती लडाकहरुको विरोधमा सैनिक कारबाही सुरु भएको सोमालिया डिभिजनका कमान्डर मोहम्मद ताहिलले बताएका छन् ।

सेनाले ती लडाकू समूह लुक्ने ठाउँलक्षित गरी सुरु गरेको कारबाहीको क्रममा सेना र आतंककारीबीचको भएको भीषण झडपमा परी ६ जना अल शबाबका लडाकू मारिएका ताहिल बताए । सेनाले तीन जना अल शबाब लडाकूहरूलाई पक्राउ गर्नुको साथै  उनीहरूले प्रयोग गरेका अखाडाहरूलाई ध्वस्त पारेको बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि