बैशाख २५, २०८१, मंगलबार
               

ट्रम्पका विशेष सल्लाहकार डा. एटलसले दिए राजीनामा

एजेन्सी
मंसिर १७, २०७७

ADVERTISEMENT

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष सल्लाहकार डा. स्कट एटलसले राजीनामा दिएका छन् ।

ट्रम्पलाई धन्यवाद ज्ञापन गर्दै उनले राजीनामा दिएर आफ्नो ४ महिने कार्यकाल टुंग्याएका हुन् ।

राजीनामामा उनले भनेका छन्, ‘मैले सधैं विज्ञान र प्रमाणको विश्वास गरेँ, कुनै राजनीतिक कारणबाट म प्रभावित बनिनँ ।’

आफ्नो चार महिने कार्यकालमा डाक्टर एटलसले कोरोना भाइरस नियन्त्रण गर्न मास्क लगाउन आवश्यक छ र ? भन्ने विषयमा प्रश्न उठाउँदै आएका थिए ।

कोरोना भाइरस टास्क फोर्सका अन्य सदस्यसँग पनि एटलस कैयौँ पटक विवाद गरेर चर्चामा आएका थिए ।

स्ट्यानफोर्ड विश्वविद्यालयका ह्युवर इन्स्टिट्युसनका वरिष्ठ फेलो तथा रेडियोलोजिस्ट रहेका एटलस गत अगस्टमा कोरोना टास्क फोर्समा सहभागी थिए ।

उनी मास्कविरोधी रहनुका साथै कोरोना नियन्त्रणका लागि लकडाउन नै गर्नुपर्छ भन्नेमा विषयमा विमति जनाउँदै आएका थिए ।


कस्तो लाग्यो ?

यो पनि