जेठ ०६, २०८१, आइतबार
               

फाइजरको खोप प्रयोग गर्न अनुमति दिने पहिलो देश बन्यो बेलायत
सामूहिक खोप चाँडै सुरु हुने

एजेन्सी
मंसिर १७, २०७७

ADVERTISEMENT

बेलायतले फाइजर र बायोनटेकले संयुक्त रुपमा निर्माण गरेको कोरोना विरुद्धको खोप प्रयोगमा अनुमति दिएको छ ।

९५ प्रतिशत प्रभावकारी सावित भएको दाबी गरिएको ती कम्पनीको कोरोना खोप प्रयोगमा बेलायतले अनुमति दिएको हो ।

बेलायतको मेडिसिन्स एन्ड हेल्थ केयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सीले फाइजर र बायोनटेकको खोप सुरक्षित भएको बताएको छ ।

यसैबीच, फाइजर र बायोएनटेक कम्पनीले निर्माण गरेको कोरोना भाइरसविरुद्धको खोपलाई प्रयोग गर्ने अनुमित दिने बेलयात विश्वमै पहिलो देश बनेको छ । 

बेलायतले फाइजरको चार करोड डोज खोप मगाइसकेको छ । बिबिसीका अनुसार दुई करोड मानिसलाई यी खोपहरु दुई–दुई डोज दिइने छ ।

खबरअनुसार, बेलायतमा अर्को हप्तादेखि खोप दिइन सुरु गरिने छ । साथै चाँडै यस खोप सामूहिक रुपमा लगाउन सुरु गरिने बेलायती अधिकारीहरुले जानकारी दिएका छन् ।

त्यहाँको सरकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्वतन्त्र मेडिसिन्स एन्ड हेल्थकेयर प्रोडक्टस रेगुलेटरी एजेन्सी (एमएचआरए) को सिफारिसमा सरकारले फाइजर–बायोएनटेकको कोभिड–१९ को खोपलाई प्रयोगका लागि अनुमित दिएको छ ।’ 


कस्तो लाग्यो ?

यो पनि